कांग्रेसद्वारा नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव दर्ता

नवयुग संवाददाता
४ जेष्ठ २०७७, आईतवार ०७:००

काठमाडौं। नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गरेको छ। पार्टीको संसदीय दलको शनिबार बसेको बैठकले संशोधन प्रस्ताव राख्ने निर्णय गरे अनुसार शनिबार नै संशोधन प्रस्ताव समेत दर्ता गरिएको छ।

कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रमले देशको समस्या समाधान गर्न नसक्ने निष्कर्ष निकालेको छ। नीति तथा कार्यक्रमले कोरोना भाइरसबाट प्रताडित जनतालाई आशा र भरोसा दिलाउन नसकेको जनाउँदै रोग तथा भोगबाट बचाउन नसक्ने बताएको छ।

सरकारले श्रमिकको जीवनयापनको लागि समोचित राहत प्याकेज ल्याउन पुनः माग गरेको छ। कृषि क्षेत्रमा ठूलो लगानी अभिवृद्धि गर्न माग सहित कांग्रेसले बिउबिजन र मलको उचित व्यवस्थापन गर्न आग्रह गरेको छ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका नेपाली भूमि रक्षा गर्न सरकार संवेदनशील नरहेको कांग्रेसले आरोप लगाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*