विद्युुतीय शवदाह गृह बन्द

नवयुग संवाददाता
५ जेष्ठ २०७७, सोमबार ०६:४०

काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण मृत्यु भएका सिन्धुपाल्चोककी प्रसूति महिलाको शव शनिबार साँझ विद्युतीय शवदाह यन्त्रबाट शवदाह गरिएको छ ।

शवदाह गृहलाई पुनः सञ्चालन गर्न योग्य हुनेगरी निर्मलीकरण नहुन्जेलसम्म यन्त्रबाट हुने शवदाह सेवा बन्द गरिएको शवदाह गृहका प्रशासकीय अधिकृत कुमार थापामगरले जानकारी दिएका छन् ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार शवदाहमा संलग्न कर्मचारी तथा मजदुरले यहाँ काम गर्न मानिरहेका छैनन् । शवदाह गृहका लागि शवदाह गर्ने विशेष टोली नै खटाउनुपर्ने विषयमा कोषमा छलफल गरिएको छ ।गोरखापत्रबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*