दक्षिण सुडानका उपराष्ट्रपति र रक्षामन्त्रीलाई कोरोना संक्रमण

नवयुग संवाददाता
६ जेष्ठ २०७७, मंगलवार ०६:४२

काठमाडौं । दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर र उनकी पत्नी एजेलिना टेनीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उपराष्ट्रपति माशरकी पत्नी एजेलिना देशको रक्षामन्त्री छिन् ।

माशरको उमेर ६० वर्षभन्दा बढी छ । उनमा १३ मेमा कोरोना परीक्षण गरिएको थियो । कोभिड–१९ टास्क फोर्सका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि उपराष्ट्रपति माशरलाई पनि परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । माशरका बडीगार्ड र केही सुरक्षाकर्मीहरुमा पनि कोरोना संक्रमण देखिएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार दक्षिण सुडानमा २ सय ९० जनामा कोरोना संक्रमण देखिएको छ भने ४ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*