बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ १२ गतेका लागि आह्वान

नवयुग संवाददाता
६ जेष्ठ २०७७, मंगलवार ०८:५५

मकवानपुर। बागमती प्रदेशको प्रदेशसभाको छैटौँ बैठक (वर्षे अधिवेशन) जेठ १२ गतेका लागि डाकिने भएको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १२ गते दिउँसो २ बजे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष अनुरोध गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षमा बसेको बैठकले चर्चित हेटौँडा काठमाडौँ मदन भण्डारी मार्ग अन्तर्गतको पोस्ट बहादुर सुरुङ मार्गलाई राष्ट्रिय योजना आयोगमा पहिलो प्राथमिकताको परियोजनाको रुपमा समावेश गरी सङ्घीय सरकारको सहलगानीमा निर्माण गर्नको लागि नेपाल सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको छ ।

यस अघि प्रदेशसभा बोलाउने सम्बन्धमा मुख्यमन्त्री पौडेलले प्रदेशसभा भवनको निरीक्षण गरेका थिए । पौडेलले सुरक्षित तबरले बैठक सञ्चालन गर्न उपयुक्तता सम्बन्धी जानकारी लिन प्रदेशसभा भवनको अवलोकन गरेका र भौतिक दूरी कायम गरेर बैठक सञ्चालन गर्ने विषयमा सभामुख सानुकुमार श्रेष्ठसँग कुराकानी भएको थियो ।रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*