‘एमससी पास नभए पनि प्रशारण लाइन बन्छ’

नवयुग संवाददाता
६ जेष्ठ २०७७, मंगलवार १३:४५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलविद्युत विज्ञहरुले आवश्यक छ भनेकैले लप्सीफेदी–रातामाटे–हेटौँडा र लप्सीफेदी-रातामाटे–दमौली–बुटवल प्रशारण लाइन निर्माणको योजना सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको बताएका छन्

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले देशमा उत्पादित विद्युत प्रशारणका लागि यो प्रसारण लाइन चाहिने भएकैले आयोजना अघि बढाउन खोजिएको बताए। ‘जस्केलाबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता छिराउन खोजिएको भनिएको छ, सके उसले बनाउँछ नसके अर्कोले बनाउँछ त्यति नभए हामी बनाउछौँ,’ ओलीले भने।

ओलीले झ्यालबाट नभइ ढोकाबाटै यो आयोजना अघि बढाउने बताए। ‘जलविद्युत आयोजना बनिरहेका छन्, ती आयोजनाबाट उत्पादित विद्युत डोकामा हालेर लैजाने कुरा भएन,’ ओलीले भने।

संसदले छलफल गरेर एमसिसीमाथि निष्कर्ष निकाल्नुपर्ने पनि ओलीले बताए।ओलीले एमसिसी पास भए पनि नभए पनि दुवै प्रशारण लाइन नेपाल सरकारले पेट काटेर वा पटुका कसेर भए पनि बनाउने बताए।

उनले ट्रक वा रेलबाट बिजुली नजाने भएकाले ट्रान्समिसन लाइन चाहिएको बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*