थाहानगर टिष्टुङका एक पुरुषलाई कोरोना पुष्टि, संक्रमितका परिवारलाई हेटौंडा ल्याउने तयारी

नवयुग संवाददाता
६ जेष्ठ २०७७, मंगलवार २१:२२

मकवानपुर । मकवानपुर थाहा नगरपालिका वडा नम्बर ११ टिष्टुङ देउरालीका एकजना पुरुषलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मकवानपुरको एकजनामा संक्रमण भएको पुष्टि भएका व्यक्ति टिष्टुङकै भएको थाहा भएको छ ।

सवारी चालकको पेशा गर्दै काठमाण्डौं बाफलमा बस्दै आएका पुरुषलाई कोरोना पुष्टि भएको छ । योसंगै मकवानपुर थाहा नगरमा स्थायी घरभई जिल्ला बाहिर बस्दै आएका तीन जनालाई कोरोना संक्रमण भैसकेको छ ।

यसैबीच टिष्टुङका कोरोना संक्रमित परिवारका सदस्य तीन जनालाई पिसीआर परीक्षणका लागि हेटौंडा ल्याउने तयारी भैरहेको छ । उनको ६ जेठ साँझबाटै कन्ट्याक ट्रेसिङ शुरू भैसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*