इन्द्रसरोवरको बज्रमाठमा बलेरो दुर्घटना हुँदा दुई जना घाइते

नवयुग संवाददाता
७ जेष्ठ २०७७, बुधबार १६:०६

मकवानपुर । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ बज्रमाठमा बोलेरो दुर्घटना हुँदा २ जना घाइते भएका छन् । घाइते दुबैलाई उपचारको लागि काठमाडौं पठाइएको छ । दुर्घटनामा परी घाइतेहरुको नाम ठेगाना नखुलेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

उनीहरुलाई बेहोस अवस्थामा स्थानीय र चित्लाङ प्रहरीले उद्धार गरेको थियो । भक्तपुरबाट गाउँगाउँमा डुलाएर खाद्यन्न बिक्री गर्न आएको बा १८ च ७६३२ नम्बरको निजी बलेरो दुर्घटना भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*