थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ४४ पुग्यो

नवयुग संवाददाता
८ जेष्ठ २०७७, बिहीबार ०७:३२

काठमाडौं । नेपालका कोरोना संक्रमितको संख्या ४४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज विहान सार्वजनिक नयाँ संक्रमितको संख्या १७ रहेको बताइएको छ । जस मध्ये ४५ जना निको भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ ।

आज थपिएका मध्ये १५ जना झापाका रहेका छन् भने १ जना सुनसरी र १ जना धनकुटाका रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*