भक्तपुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का

नवयुग संवाददाता
८ जेष्ठ २०७७, बिहीबार ०९:०१

काठमाडौँ ।  भक्तपुर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्पको गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ३.४ रिक्टर स्केलको भूकम्प गएको बताए । उनले यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको पनि बताए ।

बिहान ८ बजेर १६ मिनेट जाँदा गएको भूकम्पको धक्का काठमाडौं उपत्यकामा सामान्य महसुश भएको थियो । अहिलेसम्म मानवीय तथा भौतिक क्षति भएकोबारे कुनै विवरण प्राप्त भइनसकेको केन्द्रले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*