सरकारलाई अपांग महासंघको चेतावनीः हामीलाई सडकमा आउन बाध्य नपारियोस्

नवयुग संवाददाता
८ जेष्ठ २०७७, बिहीबार २०:४६

मकवानपुर । अपांगता भएका र एकल महिलालाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता हाल वितरण नगर्ने भनी सरकारले गरेको निर्णयप्रति राष्ट्रिय अपांग महासंघ बागमती प्रदेशले खेद प्रकट गरेको छ । कोरोना महामारीबाट प्रताडित भइरहेको विषम अवस्थामा अतिअशक्त अपाङ्गको भत्ता रोकिनु भनेको कानून विपरीत भएको भन्दै अपांग महासंघले आपत्ती जनाएको छ ।

महासंघ बागमती प्रदेशका अध्यक्ष अश्विन लम्सालद्वारा जारी विज्ञप्तीमा कोभिड–१९ का कारण विश्वनै समस्यामा परेको बेला अशक्तहरुले पाइरहेको भत्ता रोकिनु जायज नभएको बताइएको छ ।

‘ जनताका प्रतिनिधिहरूबाट लिखित संविधानको जगमा टेकेर जननिर्वाचित गणतान्त्रिक सरकारले यसरी अपांगता भएका व्यक्ति एकल माहिलाहरूकालागि सामाजिक सुरक्षा भत्ता कटौती गर्न गरेको निर्णय निकै खेद पुर्ण रहेको छ । यो लोकतान्त्रिक सरकारको चरित्र भित्र पर्दैन ।’ विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्ती मार्फत् सरकारले निर्णय फिर्ता नलिए सडक उत्रिने चेतावनी दिइएको छ । ‘सरकारले यस्ता कदम नसच्याएमा गाउँ गाउँबाट अपांगता भएका व्यक्तिहरु यो निर्णयको बिषक्षमा उत्नने अवस्था हुन आउदछ । हामीलाई सडकमा आउन बाध्य नपारियोस । ’

हेर्नुहोस् विज्ञप्ती

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*