निजगढ नगरद्वारा धानको बिउ वितरण

नवयुग संवाददाता
९ जेष्ठ २०७७, शुक्रबार १९:०२

बारा । बाराको निजगढ नगरपालिकाले नगर भित्रका किसानहरुलाई धानको बिउ अनुदानमा वितरण गर्न शुरु गरेको छ ।

नगरपालिकाले ५० प्रतिशत छुट दिएर अनुदानमा बिउ वितरण गरेको निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले बताए ।

किसानहरुलाई राधा ४ र सावित्रीजातको धानको बिउ वितरण गरिएको मेयर खनालले बताएका छन् । नगरपालिकाले बिउ राख्ने समयमा किसानलाई उन्नतजातको धानको बिउ वितरण गरेको हो ।

लकडाउनका कारण देशको अर्थतन्त्रमै असर पारिरहेको बेला कृषिमा समेत अवरोध आउँदा खाद्य संकट निम्तिन सक्नेतर्फ सचेत हुँदै नगरपालिकाले बिउ वितरण सुरू गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*