हेटौंडाकी एक महिलासहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५१६ पुग्यो

नवयुग संवाददाता
९ जेष्ठ २०७७, शुक्रबार २०:५७

मकवानपुर । मकवानपुरको हेटौंडा र उपत्यकाको भक्तपुर लगायतका स्थानमा थप ९ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएका नमूनामध्ये हेटौंडा–३ का ५४ वर्षीया महिला र भक्तपुर–९ का ४२ वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएका सप्तरीको बलान–बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भेटिएको छ । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हैटौंडामा गरिएको परीक्षणमा बाराको सिमरनगढ नपाका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबैजना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*