कोरोनाले विश्वमा ३ लाख ३९ हजार ४१८ को मृत्यु

नवयुग संवाददाता
१० जेष्ठ २०७७, शनिबार ०७:००

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभरमा ज्यान गुमाउनको संख्या ३ लाख ३९ हजार नाघेको छ । शनिबार बिहानसम्म कोरोना भाइरसका कारण विश्वभरमा ३ लाख ३९ हजार ४१८ जनाको ज्यान गएको हो ।

सबैभन्दा धेरै अमेरिकामा ९७ हजार ६४० जनाको ज्यान गएको छ भने बेलायतमा ३६ हजार ३९३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

हालसम्म संक्रमितको संख्या ५२ लाख ९८ हजार १९७ मा कोरोना संक्रमण देखिसकेको छ । यसमध्ये २१ लाख ५६ हजार २८८ जना निको भएर घर फर्किसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*