मकवानपुरकी कोरोनाभाइरस संक्रमित टिचिङ अस्पतालमा

नवयुग संवाददाता
१० जेष्ठ २०७७, शनिबार ०७:१२

मकवानपुर । शुक्रबार कोरोनाभाइरस संक्रमण पुष्टि भएकी मकवानपुर हेटौंडाकी ५४ वर्षकी महिला टिचिङ अस्पतालमा भएको खुलेको छ । उनी महाराजगन्जमा रहेको त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेको खुलेको हो ।

मुटुमा समस्या देखिएसँगै उनी एक साताअघि अस्पतालमा भर्ना भएकी थिइन् । लक्षण नदेखिए पनि कोरोनाभाइरस परीक्षण गर्न पिसिआरका लागि स्वाब पठाउँदा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

अब अस्पतालमा उनलाई आइसियूमा राख्ने तयारी भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*