मृत घोषित गरी मुर्दाघरमा राखिएका नवजात शिशु भोलिपल्टी जिउँदै

नवयुग संवाददाता
१४ जेष्ठ २०७७, बुधबार २०:५०

चीन । चीनमा मृत घोषित गरेपछि मुर्दा घरमा राखेको बच्चा भोलीपल्ट जीवित भएका छन् । बच्चालाई अन्तिम संस्कारको लागि लैजादै गर्दा अचानक बच्चा कराउन थालेको थियो ।

१५ घण्टासम्म मुर्दा घरमा राखिएका थिए शिशु । त्यहाँको तापक्रम –१२ डिग्री सेल्सियस थियो । त्यसैले उनी पुनः सक्रिय भएको पत्ता लागेको छ ।

बच्चा जन्मेको २३ दिनसम्म अस्पतालमा राखिएको थियो । घरमा बच्चा लगेपछि स्वास्थ्य बिग्रेकाले पुनः अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले मृत घोषणा गरेसँगेै पिताले ठुलो झोलामा बेरेर बच्चालाई मुर्दाघरमा राखिदिएका थिए सायद त्यहि ठुलो झोलाले नै बच्चाको ज्यान बच्यो । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*