रुकुम घटना : बेपत्ता सञ्जु विकको पनि शव फेला पर्‍यो

नवयुग संवाददाता
१५ जेष्ठ २०७७, बिहीबार १६:२४

काठमाडौं । रुकुम घटनामा बेपत्ता सञ्जु विकको पनि शव फेला परेको छ । यो सँगै चौरजहारी घटनामा ज्यान गुमाउनको संख्या ५ पुगेको भेरी नगरपालिकाका मेयर सीपी घर्तीले जानकारी दिए ।

“सञ्जुको शव भेरी नदीको कालापहर नजिक फेला परेको हो,” उनले बाह्रखरीसँग भने, “बेपत्ता अर्का एक जनाको खोजी जारी छ । प्रहरी र स्थानीयले खोजी कार्यलाई निरन्तरता दिएका छन् ।”

पश्चिम रुकुम चौरजहारीमा प्रेमिका लिन दलबलसहित पुगेका नवराज विकलगायतका युवालाई गाउँलेले प्रतिकार गर्दा घटनामा हताहत भएका ५ जनाको शव फेला परेको छ । नवराज, टीका सुनारको शव जेठ १० गते राति भेरीको बगरमा फेला परेको थियो । गणेश बुढाको सोमबार शव फेला परेको थियो । लोकेन्द्र सुनारको शव बुधबार हाँत बाँधिएको अवस्थामा नदीभित्रबाट निकालिएको मेयर घर्तीले जानकारी दिएका थिए ।

नवराज र गणेशको आज दाहसंस्कार गरिएको उनकी आमा उर्मिलाले जानकारी दिएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*