बेहोस भएर कार्यकक्षमै ढलेका प्रहरी नायब निरीक्षकको निधन

नवयुग संवाददाता
२०७७, १७ जेष्ठ शनिबार १३:०९

Advertisement

काठमाडौं । कार्यकक्षमै बेहोस भइ ढलेका प्रहरी नायब निरीक्षक (सई) को निधन भएको छ । महानगरीय प्रहरी प्रभाग लुभुमा कार्यरत सई टेकबहादुर माझीको शनिबार मृत्यु भएको हो ।

Advertisement

माझी शुक्रवार अपरान्ह कार्यकक्षमै बेहोस भेटिएका थिए । माझीको शनिबार बिहान अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्रोतले जनाएको छ ।

Advertisement

बेहोस भएर ढलेका उनको टाउकोमा रगत जमेको पत्ता लागेपछि उनको शुक्रबार रातिनै पाटन अस्पतालबाट लगिएको थियो । अवस्था थप जटिल भएपछि अल्का अस्पताल रिफर गरिएको थियो ।

Advertisement

मृतक राइको घर रामेछाप हो । संगठनमा इमान्दार र क्षमतावान मानिने उनलाई दुई महिनाअघि मात्र लुभुमा इञ्चार्जका रुपमा दिइएको स्रोतले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*