बागमती प्रदेशमा हालसम्म २० जना कोरोना संक्रमित डिस्चार्ज

नवयुग संवाददाता
२०७७, १७ जेष्ठ शनिबार १४:२८

Advertisement

मकवानपुर । बागमती प्रदेशमा हालसम्म २० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार शुक्रबारसम्म प्रदेशमा देखिएका ४२ जना संक्रमित मध्ये २० जना निको भएर डिस्चार्ज भएका हुन् ।

Advertisement

बाँकी २० जना प्रदेशका विभिन्न अस्पतालमा उपचाररत् छन् भने हालसम्म सिन्धुपाल्चोक र ललितपुरमा एकरएक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । बागमती प्रदेशका कुल १३ जिल्लामध्ये रसुवाबाहेक अन्य सबै जिल्लामा संक्रमित भेटिएका छन् ।

Advertisement

मन्त्रालयको तथ्यांकमा काठमाडौंमा १६, चितवनमा ६, भक्तपुरमा चार, धादिङमा तीन, मकवानपुरमा पाँच, ललितपुरमा २, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, नुवाकोट र दोलखामा एकरएक जनामा संक्रमण पुष्टी भएको उल्लेख छ ।

Advertisement

प्रदेशमा ९ हजार १४ जनाको पीसिआर बिधीबाट स्वाब परीक्षण र २५ हजार २ सय ३१ जनामा आरडिटीबाट एन्टिबडी परीक्षण गरिएको छ ।

हेटौंडाको प्रयोगशालामा एक हजार भन्दा बढीको स्वाब परीक्षण

सामाजिक विकास मन्त्रालयले स्थापना गरेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा हालसम्म एक हजार ७ सय २३ जनाको स्वाब परीक्षण गरिएको छ ।

शुक्रबार प्रयोगशालामा ल्याइएको ७० वटा संकलित स्वाब परीक्षणको क्रममा रहेको मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख डा।पुरुषोत्तमराज सेढाईंले जानकारी दिए ।

प्रयोगशालामा एक पटकमा ६० वटा स्वाब परीक्षण गर्न सकिने सेढाईंले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*