बलिउडका चर्चित संगीतकार वाजिदको कोरोनाको संक्रमणबाट निधन

नवयुग संवाददाता
१९ जेष्ठ २०७७, सोमबार ०९:१७

काठमाडौं । बलिउडका चर्चित संगीतकार वाजिद खानको कोरोनाभाइरसका कारण निधन भएको छ। लामो समयदेखि मृगौलाको समस्या रहेका ४२ वर्षीय वाजिदलाई कोरोनाभाइरसको संक्रमण देखिएको भारतिय मिडियामा जनाइएको छ ।

मुम्बईको चेंबुरस्थित सुराना अस्पतालमा उपचार गराइरहेको वाजिदको आइतवार बेलुका निधन भएको बतायएको छ । उनले दुई वर्षअघि मृगौला प्रत्यारोपण गरेका थिए ।

वाजिद खानको गीत ‘भाई–भाई’ एक हप्ता पहिले रिलिज भएको थियो। जसमा सलमान खानको अभिनय रहेको छ। वाजिद आफ्ना भाई साजिद खानसँग मिलेर संगीत बनाउथे। बलिउडमा वाजिद–साजिदको जोडी लोकप्रिय मानिन्छ। वाजिद १९९८ मा सलमान खानको फिल्म ‘मैने प्यार किया’बाट चर्चामा आएका थिए।

उनको निधनले बलिउडका सबै कलाकार दुखी भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*