ट्रकको ठक्करबाट हेटौंडामा एकजनाको मृत्यु

नवयुग संवाददाता
२० जेष्ठ २०७७, मंगलवार १७:४८

सांकेतिक तस्वीर

मकवानपुर । हेटौंडामा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं ६ स्थित चौघडामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो ।

कान्तिलोकपथ अन्तर्गत् पर्ने सडकमा बा २ क ७११० नम्बरको ट्रकले अनटेस्ट स्कुटरलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालकको हेटौंडा अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा हेटौंडा ६ निवासी अन्दाजी ४५ वर्षीय श्यामफुल बलामी रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*