सुदूरपश्चिममा पहिलोपटक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि

नवयुग संवाददाता
२० जेष्ठ २०७७, मंगलवार २१:०१

कैलाली । सुदूरपश्चिममा पहिलोपटक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। आज धनगढी प्रयोगशालामा नयाँ पुष्टि भएका १८ जना संक्रमितमध्ये एकजना स्वास्थ्यकर्मी रहेको खुलेको छ।

कञ्चनपुरको पुनर्वासमा आज सातजनामा संक्रमण पुष्टि भएको थियो, जसमा ३६ वर्षीय स्वास्थ्यकर्मी हुन्।

उनले भारतबाट आएका नेपालीहरूको स्वाब संकलन कार्य गर्दै आएका थिए। उनलाई कोरोना संक्रमण पुष्टि भएपछि पुनर्वासमा रहेको मेडिकलसमेत सिल गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*