विदेशबाट फर्कने नेपाली राख्न उपत्यकामा होल्डिङ सेन्टर

नवयुग संवाददाता
२१ जेष्ठ २०७७, बुधबार ०७:३२

काठमाडौँ। भारत लगायत विदेशबाट फर्कने नेपाली नागरिकलाई केही दिन राख्न उपत्यका भित्रका तीन जिल्लामा ‘होल्डिङ सेन्टर’ निर्माण गरिएको छ ।

विदेशबाट फर्केका बाग्मती, गण्डकी र प्रदेश–५ का नागरिकलाई काठमाडौँ, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई ललितपुर र प्रदेश–१ र २ का नागरिकलाई भक्तपुरमा राख्न होल्डिङ सेन्टर निर्माण गरिएको हो ।

तीनवटै जिल्लाको सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी) ले विदेशबाट स्वदेश फर्कन चाहने नागरिकलाई नेपालमा आएपछि सम्बन्धित प्रदेशमा नपुगुन्जेल उपत्यकामा नै केही दिन राख्न होल्डिङ सेन्टर निर्माण गरेको हो ।

सरकारले कोरोना भाइरस रोग (कोभिड–१९) बाट विदेशमा अलपत्र अवस्थामा रहेका नेपाली नागरिकलाई उद्धार गरी स्वदेशमा आउन सहजीकरण गर्ने सम्बन्धी आदेश जारी गरी आवश्यक तयारी गरिरहेको छ ।

त्यसका लागि उपत्यकाका तीनवटै सीएमसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट फर्केका नेपाली नागरिक अवतरण भएसँगै कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिन नदिन उपत्यकामा छुट्टै राख्न तीनवटै जिल्लामा होल्डिङ सेन्टर निर्माण गरिएको जिल्ला समन्वय समिति काठमाडौंँका प्रमुख एवं सीएमसी काठमाडौंँका सल्लाहकार शिवसुन्दरराज वैद्यले जानकारी दिएका छन् । आजको गोरखापत्रबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*