आईपास नेपालद्वारा स्वास्थ्य सामाग्री वितरण

नवयुग संवाददाता
२१ जेष्ठ २०७७, बुधबार ०९:०३

मकवानपुर । लकडाउनको समयमा निरन्तर सुरक्षित गर्भतन सेवा प्रदान गरिरहेका मकवानपुरका विभिन्न स्वास्थ्य संस्था र अस्पताललाई आईपास नेपालले स्वास्थ्य सामाग्री वितरण गरेको छ । संस्थाले जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरमार्फत मकवापनुरका सुरक्षित गर्भतन सेवा प्रदान गरिरहेका विभिन्न ११ वटा स्वास्थ्य संस्था, हेटौँडा अस्पताल र प्रदेश आपूर्ति केन्द्रलाई ५ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

संस्थाले पिपिई सेट, सर्जिकल ग्लब्स, सेनिटाईजर, सर्जिकल मास्क, केएन ९५ मास्क, आई गगल्स लगायतका स्वास्थ्य सामाग्री जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य प्रशासक प्रणयकुमार उपाध्यायमार्फत् ती संस्थाहरुलाई वितरण गरेको हो ।

संस्थाले मकवानपुरमा सुरक्षित गर्भपतन सेवा प्रदान गरिरहेका मनहरी प्राथामिक स्वास्थ्य केन्द्र , हाडिखोला स्वास्थ्य चौकी, छतिवन प्राथामिक स्वास्थ्य केन्द्र, हात्तिसुडे सामुदायिक स्वास्थ्य ईकाइ, बेतिनी स्वास्थ्य चौकी, फापरबारी स्वास्थ्य चौकी, राईगांउ स्वास्थ्य चौकी, भिमफेदी प्राथामिक स्वास्थ्य केन्द्र, निवुवाटार स्वास्थ्य चौकी,नामटार स्वास्थ्य चौकी,बज्रबाराही स्वास्थ्य चौकी,हेटौँडा अस्पताल र प्रदेश आपूर्ति केन्द्रलाई स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

स्वास्थ्य सामाग्री ओचिन मकवानपुरको सहकार्यमा वितरण गरिएको ओचिन मकवानपुरकी कार्यक्रम संयोजक सुप्रिमा सापकोटाले जानकारी दिनुभयो । उक्त सामग्रीको उपयोगबाट तोकिएका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षा र सेवाग्राहीहरुले सुरक्षित सेवा पाउने अपेक्षा राखिएको आईपास नेपालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*