डडेल्धुरामा क्वारेन्टाइनमा बसेकी महिलाको मृत्यु, कोरोना परीक्षण हुँदै

नवयुग संवाददाता
२१ जेष्ठ २०७७, बुधबार १०:५८

काठमाडौं । डडेल्धुरामा क्वारेन्टाइनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएका छन् ।

गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोटको क्वारेन्टिनमा बसेकी महिलाको हिजो राती १० बजे मृत्यु भएको हो ।

ती महिला जेठ १८ गते भारतको नयाँ दिल्लीबाट गौरीफण्टा नाका हुँदै डडेल्धुरा फर्किएकी थिइन् । मृत्यु भएकी महिलाको आरडिटी परीक्षण गर्ने तयारी भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*