स्वास्थ्यकर्मी र बिरामीमा कोरोना देखिएपछि केएमसी अस्पतालको सबै सेवा बन्द

नवयुग संवाददाता
२१ जेष्ठ २०७७, बुधबार १२:०२

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा स्वास्थ्यकर्मी र बिरामीलाई कोरोना देखिएपछि अस्पतालको सबै सेवा बन्द भएका छन्।

अस्पतालमा उपचारका लागि गएका दुई जना बिरामी र स्वास्थ्यकर्मीमा मंगलबार कोरोना पोजेटिभ देखिएको थियो। अस्पतालबाट दिइने आकस्मिक लगायत सबै विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले हाल सबै सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालले अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरेको हो। बिरामी र स्वास्थ्यकर्मीलाई कोरोनाको संक्रमणको जोखिम हुने भएकाले हाल अस्पतालको सेवा बन्द गर्न बाध्य भएको अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. मुकुन्द राज जोशीले बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*