रुकुम घटनामा बेपत्ताको शव फेला

नवयुग संवाददाता
२०७७, २१ जेष्ठ बुधबार १३:१३

Advertisement

रुकुम । जेठ १० गते रुकुम पश्चिमको सोती गाउँमा भएको विवादपछि भेरी नदीमा बेपत्ता भएका जाजरकोटका गोविन्द शाहीको शव फेला परेको छ । मंगलबार भेरी नदी किनारमा उनको शव फेला परेको जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए । यसअघि भेरी नदीमा ५ जनाको शव फेला परेको थियो ।

Advertisement

जाजरकोट भेरी नगरपालिका ४ रानागाउँबाट २० वर्षीय नवराज बिक र रुकुम पश्चिम चौरजहरी नगरपालिका ८ सोती गाउँकी किशोरीबीचको अन्तरजातीय विवाहको बीचमा विवाद हुँदा सो घटना हुन पुगेको थियो ।

Advertisement

सोतीका गाउँलेले आक्रमण गरेर भाग्ने क्रममा उनीहरु भेरी नदीमा बेपत्ता भएको दावी गरिएको छ। नवराज बिकसहित ६ जनाको मृत्यु भएको सो घटनाबारे विभिन्न छानबिन समितिले छानबिन गरिरहेका छन् ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*