नेपालमा एकैदिन तीन सय बढीमा कोरोना पुष्टि, कुल संक्रमितको संख्या २६ सय ३४ पुग्यो

नवयुग संवाददाता
२०७७, २२ जेष्ठ बिहीबार १६:४७


काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३३४ जनामा कोरोना पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले थप ३३४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।

Advertisement

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६३४ पुगको छ। पछिल्लो रिपोर्टअनुसार कर्णाली प्रदेश र प्रदेश २ का सबैभन्दा बढीमा कारोना पुष्टि भएको हो। पछिल्लो २४ धण्टामा १२ जना डिस्चार्ज भएका छन्। योसँगै २९० जना कोरोनालई जितेर घर फर्केका छन्।

Advertisement

विराटनगर गरिएको परीक्षणमा १ जना पोजिटिभ, नारायणी अस्पतालमा १, स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८, हेटौँडामा गरिएको परीक्षणमा १२ जना, पोखरामा १६ जना, सेती अस्पतालमा ३ जना, भेरी अस्पतालको प्रयोगशालामा ४२ जना, धुलिखेल अस्पतालमा १७, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ जना, कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानमा १०६, कोशी अस्पतालमा ५ जनाको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता देवकोटाले बताए।

Advertisement

त्यस्तै सुर्खेतमा गरिएको परीक्षणमा ६ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ९३ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*