मेलम्ची खानेपानीको उद्घाटन छिट्टै गर्छौं : मन्त्री मगर

नवयुग संवाददाता
२०७७, २६ जेष्ठ सोमबार १४:५९

Advertisement

काठमाडौंं । बुहप्रतिक्षित काठमाडौंवासी प्रतिक्षामा रहेको मेलम्ची खानेपानी आयोजना यसै बर्ष पूरा हुने भएको छ । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले मेलम्ची खानेपानी काठमाडौंमा ल्याउने परियोजनाको उद्घाटन छिट्टै हुने बताउनुभएको छ ।

Advertisement

संघीय संसदको प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि भएको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री मगरले त्यसको तयारीमा सरकार लागेको बताउनुभो। दुई दशकदेखि सधैं उठिरहने प्रश्नमध्ये मेलम्ची आयोजना पनि हो । यसको भौतिक काम आगामी आर्थिक वर्षभित्र सकिनेछ, वितरणको काम व्यवस्थित ढंगले अघि बढाइनेछ । मेलम्ची खानेपानीका विषयमा उठ्ने गरेका प्रश्नहरुको बीट मार्ने बेला आएको छ, उहाँले भन्नुभयो ।

Advertisement

मन्त्री मगरले नेपालमा खानेपानीको समस्या तत्कालको नभएको बताउदै बरु सरकारले तत्काल र दिर्घकालिन योजना बनाएर समस्या समाधानका लागि लागिपरेको बताउनुभयो ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*