बलिउड कलाकार सुशान्त सिंह राजपुतले गरे आत्महत्या

नवयुग संवाददाता
३२ जेष्ठ २०७७, आईतवार १४:५८

मकवानपुर । बलिउडका कलाकार सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । राजपुतको मुम्बईस्थित घरमा शव फेला परेको भारतीय सञ्चार माध्यम इण्डिया टुडेले बताएको छ ।

विभिन्न चलचित्र तथा टेलिचलचित्रमा अभिनय गरेका ३४ वर्षिय राजपुतले आत्महत्या गर्नुको रहस्य हालसम्म खुलेको छैन ।

सुशान्तको पछिल्लो सिनेमा सन् २०१९ मा छिचौरे प्रदर्शनमा आएको थियो । श्रद्धा कपुरसँग खेलिएको उक्त सिनेमा बक्स अफिसमा राम्रो चलेको मानिएको थियो ।

सुशान्तको रीया कपुरसँग प्रेम सम्बन्ध रहेको बताइएको थियो । केही पापराजीहरुले उनीहरु शहरमा घुम्दै गरेका बेला फोटो समेत लिएका थिए । टीभी शोबाट निकै चर्चामा आएका उनी सिनेमामा फड्किएका थिए ।

उनले डेब्यू गरेको सिनेमा कई पो चे थियो । उनको सबैभन्दा ठूलो अवसर ‘एमएस धोनीः अनटोल्ड स्टोरी’ थियो । पीके, केदारनाथ, दि बेचरा पनि उनले महत्वपूर्ण भूमिका निभाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बलिउडले यसै वर्ष इरफान खान र ऋषि कपुर जस्ता अब्बल कलाकारलाई गुमाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*