सुशान्तले आत्महत्या गर्नुको दोष आफुलाई दिँदै करण जोहर

नवयुग संवाददाता
१ असार २०७७, सोमबार १४:२७

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको असामहिक निधन पछि पुरै बलिउड उद्योग शोकमा डुबेको छ । विगत ६ महिनादेखि डिप्रेसन बाट ग्रसित सुशान्त आइतबार बिहान आफ्नै निवासमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

उनले आत्महत्या गर्नुको कारण अहिलेसम्म खुल्न सकेको छैन । उनको मृत्युप्रति बलिउड मात्र होइन कलिउडका कलाकारहरुले पनि समवेदना प्रकट गरेका छन् ।

यसैबीच बलिउड निर्माता तथा निर्देशक करण जोहरले समवेदना व्यक्त गर्दै सुशान्त को आत्महत्याको दोषी आफुलाई ठहर्‍याएका छन् । सामाजिक संजालमा सुशान्त र आफ्नो एक तस्बिर साझेदार गर्दै उनले विगत १ वर्ष देखि आफु सुशान्त को सम्पर्कमा नरहेकोले आफुलाई दोषी मानेका हुन् ।

करणले पोष्टमा लेखेका छन् – विगत एक वर्षदेखि तिमिसँग सम्पर्कमा नरहेकोमा म आफैँलाई दोष दिन्छु । सायद तिमिलाई आफ्नो पिडा बाँड्न कोही चाहिएको थियो होला भनी मैले धेरै पटक सोँचेको थिएँ । तर दुर्भाग्यवश मैले कहिल्यै त्यो सोचलाई पछ्याईन । अब फेरी म कहिल्यै त्यस्तो गल्ति गर्ने छैन । हामी धेरै ऊर्जा र हल्ला भरिएको समयमा पनि एक्लो हुन्छौँ । कतिपय यस छुराको अगाडी झुक्छन् र राम्रो समयको आश गर्न छाडिदिन्छन् । त्यसैले सम्बन्ध बनाउने मात्रै होईन यस्तै समयमा उनिहरुसँग रहेर साथ दिन पनि सक्नुपर्छ ।

सुशान्त को दुर्भाग्यपूर्ण निधनले मलाई मेरा सम्बन्धहरुको महत्व दिई त्यसको रक्षा गर्न र सहानुभुती प्रकट गर्न झस्काएको छ । आशा छ तपाईहरु पनि झस्किनुभयो होला । हामिलाई तिम्रो हँसिलो मुहार र न्यानो अँगालो सँधै याद रहने छ ।

https://www.instagram.com/p/CBacnPSJRtT/?utm_source=ig_web_copy_link

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*