मिस युनिभर्स नेपाल २०२० आरम्भ

नवयुग संवाददाता
१ असार २०७७, सोमबार १७:०२

काठमाडौं । मिस युनिभर्स नेपाल २०२० को आरम्भ भएको छ। म नेपाली लिमिटेड नेपालका लागि मिस युनिभर्स संगठनको नयाँ दीर्घकालिन फ्रान्चाइजी रहेको रियालिटी सो तीन वर्ष अघि देखि शुरु भएको हो।

मिस युनिभर्स नेपाल २०१७ नग्मा श्रेष्ठले स्थापना गरेकी हुन् भने सीजी कर्पोरेसेन ग्लेबल सहसंस्थापक रहेको छ। यसले पहिलो अल इन एप ‘ब्युटी पेजेन्ट ’ मिस युनिभर्स नेपाल २०२० को सार्वजनिक समेत गरेको छ।

सीजी कर्पोरेसन ग्लोबल र मिस युनिभर्स संगठन तर्फबाट नग्मा सहित नेपाली महिला सशक्तिकरणका कलाकारहरु सहभागि थिए। कार्यक्रममा मिस युनिभर्स जोजीबीनी टुन्जी, मनिता देवकोटा, गायिका इन्दिरा जोशी लगायतको सहभागिता रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*