बागमती प्रदेशका ७०५ पत्रकारको कोरोना बिमा

नवयुग संवाददाता
४ असार २०७७, बिहीबार १७:५१

काठमाडौं । बागमती प्रदेशका कार्यरत सात सय पाँच पत्रकारको कोरोना बिमा भएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको आर्थिक सहयोग तथा सञ्चार रजिष्ट्रार कार्यालय र नेपाल पत्रकार महासंघको समन्वयमा कोरोना भाइरस (कोभिड–१९) महामारीका वेला अग्रपंक्तिमा रहेर काम गर्ने बागमती प्रदेशका पत्रकारको कोरोना बिमा गरिएको हो।

कोरोना भाइरसको पीसीआर परिक्षणमा संक्रमित भएको प्रमाणित भएमा बिमा गरिएका पत्रकारले एक लाख रुपैयाँको बिमा रकम युनाइटेड इन्स्युरेन्स कम्पनीबाट प्राप्त गर्नेछन्। भुक्तानीका लागि कोरोना भाइरस संक्रमण परीक्षण गरिएको पीसीआर रिपोर्ट पोजिटिभ देखाउनु पर्नेछ।

इन्स्युरेन्स कम्पनीका प्रतिनिधि दिनेश रेग्मीले बिहीबार बिमित पत्रकारको विवरण सञ्चार रजिष्ट्रार रेवती सापकोटालाई हस्तान्तरण गरेका छन्। ‘बागमती प्रदेशमा क्रियाशिल पत्रकारको स्वास्थ्य सुरक्षा प्रति संम्वेदनशिल भइ प्रदेश सरकारले पत्रकारको मनोबल उच्च राख्न कोरोना बिमा गराएको हो’, रजिष्ट्रार सापकोटाले भने, ‘पत्रकारलाई उच्च मनोबलका साथ काम गर्न बिमाले सहयोग पुग्ने विश्वास लिएका छौँ।’

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक हजार पत्रकारको बिमा गराउने निर्णय गरेको छ। बिमाका लागि आवश्यक विवरण प्राप्त भएका सात सय पाँच जनाको बिमा पहिलो चरणमा गराइएको छ। सञ्चार रजिष्ट्रार कार्यालयबाट परिचयपत्र प्राप्त गरेका तर अन्यत्र कोरोना बिमा नगराएका, नेपाल पत्रकार महासंघको बागमती प्रदेश र नेपाल पत्रकार महासंघ उपत्यका समिति अन्तर्गतका शाखा, प्रतिष्ठान र एसोसिएटबाट प्राप्त विवरणका आधारमा पत्रकारको कोरोना बिमा गराइएको हो। बागमती प्रदेशका १३ वटै जिल्लाका क्रियाशिल पत्रकार तथा ती जिल्लाबाट सञ्चालित रेडियो तथा टेलिभिजनमा कार्यरत पत्रकारलाई पनि बिमामा समेटिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*