महामारीबीच फुटबल सुरु गर्नु खतरनाकः रोनाल्डो

नवयुग संवाददाता
६ असार २०७७, शनिबार ०७:३३

ब्राजिल कोरोना भाइरस महामारीबाट बढी प्रभावित दोस्रो राष्ट्र हो । अहिलेसम्म ब्राजिलमा नौ लाख ७८ हजार संक्रमति भएका छन् । यसैगरी, ४७ हजार पाँच सय व्यक्तिले ज्यान गुमाएका छन् । यो तथ्यांकले ब्राजिलमा कोरोना भाइरसको अवस्थाबारे बुझाउँछ । तर, यस्तो भयावह अवस्थाबीच पनि ब्राजिलमा कारियो फुटबल च्याम्पियनसिप सुरु भएको छ । पहिलो खेलमा फलेमिंगोले बागु क्लबलाई हराएको छ । धेरैले यो फुटबल महासंघको जोखिमपूर्ण कदम मानेका छन् ।

ब्राजिललाई दुईपटक विश्व फुटबल उपाधि दिलाएका रोनाल्डोले महामारीबीच फुटबल सुरु गर्नु खतरनाक भएको बताएका छन् । रियो दी जेनेरियो रंगशालामा सम्पन्न प्रतिस्पर्धामा दर्शकलाई खेल हेर्न अनुमति दिइएको छैन । तर, अवस्था नाजुक हुँदा फुटबल च्याम्पियनसिप आयोजना गर्न नहुने रोनाल्डोले बताए ।

उनी भन्छन्, ‘सरकारले कारियो फुटबल च्याम्पियनसिप सुरु गरेको छ, मेरो विचारमा यो सरकार र फुटबल संघका मूर्खतापूर्ण कदम हुन्, यो च्याम्पियनसिपको म विरोध गर्छु ।’ ब्राजिलले युरोपियन राष्ट्रहरूको नक्कल गरेको आरोप रोनाल्डोले लगाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*