नेकपा स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेन्डा

नवयुग संवाददाता
१० असार २०७७, बुधबार १०:०२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक बिहान ११ बजेदेखि बालुवाटारमा बस्ने केन्द्रीय कार्यालयका सचिव इश्वरी रिजालले जानकारी दिए।

बैठकको पूर्वसन्ध्यमा मंगलवार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको थियो। छलफलपछि आज बैठक बस्ने पक्का भएको हो। बैठकमा नेकपामा विवादित रहेको एमसीसीलगायत समसामयिक विषयमा छलफल हुनेछ।

नेकपा स्थायी कमिटी ६ महिनामा बस्न लागेको हो। नेकपा विधानमा बैठक ३ महिनामा बस्न लागेको हो। यसअघिको बैठक पुसको पहिलो साता बसेको थियो। त्यसयता स्थायी कमिटीका २० सदस्यले हस्ताक्षरसहित बैठकको माग गरेपनि दुई पटक बैठक बोलाएर स्थगित भएको थियो। वैशाख २५ र ३१ गतेका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर बस्न सकेन।

नेकपा कार्यदलले एमसीसीबारे बनाएको प्रतिवेदनबारे छलफल हुन सकेको छैन। सो प्रतिवेदनमाथि छलफल हुनेपर्ने नेताहरुले माग गर्दै आएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*