बुधबार सुनको मुल्य बढ्यो, तोलाको कति ?

नवयुग संवाददाता
१० असार २०७७, बुधबार ११:५५

काठमाडौं । आज बुधबार सुनको मुल्य ५ सयले बृद्धी भएको छ । मगंलबार छापावाला सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो भने आज बुधबार बढेर ९१ हजार १ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै , तेजाबी सुनको मूल्य ९० हजार ६ सय ६५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। भने चाँदी मंगलबारको तुलनामा ५ रुपिँयाले बढेर प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*