मनहरी गाउँपालिकाको बजेट ७६ करोड १६ लाख

नवयुग संवाददाता
१० असार २०७७, बुधबार १९:०४

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०७७/०७८ को लागि ७६ करोड १६ लाख ३५ हजार ४ सय २० को बजेट बिनियोजन गरेको छ ।

गाउँपालिकाको सातौ गाउँसभामा अनुमानित बजेट पेश गर्दै गाउपालिकाकी उपाध्यक्ष मनिला बिष्टले नीति तथा कार्यक्रम समेत प्रस्तुत गरेकी हुन् । विनियोजित बजेट खर्च गर्नको लागि संघीय सरकार र बागमती प्रदेश सरकारको वितिय समानिकरण अनुदान तर्फ क्रमशस् १२ करोड ५५ लाख र १ करोड ३ लाख ८४ हजार प्राप्त हुने अनुमान गरिएको उनको भनाइ छ ।

त्यस्तै संघीय र प्रदेश सरकार शर्सत अनुदान तर्फ क्रमशः १८ करोड ४४ लाख र २ करोड ५४ लाख ५५ हजार हुने अनुमान, राजस्व स्रोत बाँडफाँड तर्फ १५ करोड ६३ लाख ९६ हजार ४ सय २० प्राप्त हुने अनुमान, बन रोयल्टीबाट ५० लाख र अन्य सशर्त अनुदान, सामाजिक सुरक्षा रकम तथा आन्तरिक राजस्व परिचालनबाट २५ करोड ४५ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै, चालु खर्चतर्फ ३१ करोड ५५ लाख ५५ हजार ४ सय २० रुपैया कुल विनियोजित रकमको ४१.४३ प्रतिशत, पुँजीगत कार्यक्रम तर्फ ४४ करोड ६० लाख ८० हजार रुपैया कुल बिनियोजन रकमको ५८.५७ प्रतिशत बिनियोजन गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*