गोदावरीमा सरसफाइ

नवयुग संवाददाता
१३ असार २०७७, शनिबार १६:१४

ललितपुर । सामाजिक दूरी कायम गरी गोदावरी खोला क्षेत्र सरसफाइ अभियानले यहाँका विभिन्न स्थानमा सरसफाइ गरेको छ । अभियानले आज गोदावरीखोला आसपासका क्षेत्र, कुलो, मठमन्दिर, पाटी आदिको सरसफाइ गरी ६९ हप्ताको कार्यक्रम सम्पन्न गरेको हो ।

वडा नं १ दमार्इँटार, ३ नं टौखेल र १४ नं ठैव क्षेत्रमा सरसफाइ गरिएको अभियानका संयोजक बेबीराज भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “गोदावरीमा बाक्लो जनसङ्ख्या र घना बस्ती भएका कारण कुहिने फोहर गाडौँ र नकुहिने फोहर व्यवस्थापन गरौँ भन्ने सन्देश हामीले प्रवाह गर्ने गरेका छाँै ।”

गोदावरीको वातावरण सदैव प्रदूषरहित, हरभरा, स्वच्छ, सफा र सुन्दर बनाउने सो अभियानको लक्ष्य रहेको भण्डारीले बताउनुभयो । गोदावरीमा पहिलो पटक सो अभियानको थालनी २०७५ साल फागुन २६ गतेदेखि शुरु भएको थियो ।

अभियानले गोदावरीका ११ स्थानमा हालसम्म सभ्य नागरिकको परिचय दिऔँ, ऐतिहासिक महत्व बोकेको गोदावरी खोलाको संरक्षण गरौँ, कुहिने र नकुहिने फोहर एकै स्थानमा नराखौँ र सार्वजनिक स्थानमा जथाभावी फोहर नफाकौँ आदि सन्देश बोकेका जनचेतनामूलक सूचनापाटी राखिसकेको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*