मकवानपुरमा टिपरबाट लडेर एकजनाको मृत्यु

नवयुग संवाददाता
१४ असार २०७७, आईतवार १८:४३


मकवानपुर ।
मकवानपुरको भीमफेदी गाउँपालिकामा टिपरबाट लडेर एकजनाको मृत्यु भएको छ।

भीमफेदी गाउँपालिका७, दमारस्थित सडकमा भिमफेदीबाट ईपातर्फ जाँदै गरेको सगुन कन्ट्रक्सनको लु १ क ४२२८ नम्बरको गुडिरहेको टिपरमा चढ्न खोज्दा लडेर गम्भीर घाइते भएका थिए।

स्थानीय ६० वर्षीय जितबहादुर रानाको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

टिपर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*