जङ्गली जनावरबाट बस्ती बचाउन विद्युतीय तार जडान शुरु

नवयुग संवाददाता
१४ असार २०७७, आईतवार १८:३८

मकवानपुर । जङ्गली जनावरबाट जोगाउन मकवानपुरको मनोहरी गाउँपालिका वडा नं ७ को रमोली बस्तीमा रु ३८ लाखको लागतमा विद्युतीय तार जडान कार्य शुरु गरिएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जको रु ३८ लाखको लगानीमा करिब छ किलोमिटरको दूरीमा विद्युतीय तार लगाउने कार्य शुरु गरिएको हो । जङ्गली जनावर बस्तीमा पसेर तरकारी, फलफूल नष्ट गर्नाका साथै मानवीय एवं भौतिक क्षति पु¥याउने गरेको हँुदा त्यसलाई रोक्न विद्युतीय तार लगाउने कार्य शुरु गरिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो ।

गाउँपालिका क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्जबाट आउने हात्ती, गैँडा, बाँदरलगायतका जनावरले वर्षेनी क्षति पु¥याएकाले तार लगाउने काम शुरु भएको गाउँपालिका अध्यक्ष उप्रेतीको भनाइ छ । गत वर्ष पनि जङ्गली जनावरको आक्रमणमा परी त्यहाँ दुई जनाको मृत्यु भएको थियो । विद्युतीय तार लगाउँदा जनावार नमर्ने तर विद्युतीय झट्का लागेर तारबार पार गर्न नसकिने उहाँको भनाइ छ ।

गाउँपालिकाको वडा नं १ देखि ५ सम्म पनि जङ्गली जनावरको अत्यन्त जोखिम रहेको पर्सा राष्ट्रिय निकुञ्जले त्यहाँ पनि विद्युतीय तार लगाउन पहल गर्ने गाउँपालिकाले जनाएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*