राप्रपा केन्द्रीय सचिवालयमा मकवानपुरका बर्तौलासहित ९ जना मनोनित

नवयुग संवाददाता
२०७७, १४ असार आईतवार १८:५५

Advertisement

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबमोजिम अध्यक्षत्रयले केन्द्रीय सचिवालय सदस्यमा नौ जनालाई मनोनयन गरेका छन् । राप्रपाको केन्द्रीय सचिवालय सदस्यमा मकवानपुरका राजाराम बर्तौलासहित ९ जना मनोनित भएका छन् ।

Advertisement

मनोनित हुनेमा मकवानपुरका बर्तौलासहित नीलकण्ठ काफ्ले (नवलपुर), भक्तिप्रसाद सिटौला (झापा), भरत रायमाझी र इन्द्र चित्रकार (काठमाडौँ), बाबुराम बस्नेत (भोजपुर), रामशरण पाठक (चितवन) भरतप्रसाद पाठक (नुवाकोट) र मीना शाही (ललितपुर) रहेका छन् ।

Advertisement

साथै आज बसेको सचिवालय बैठकले सचिवालयलाई पूर्णता प्रदान गरेकामा अध्यक्ष त्रयप्रति आभार व्यक्त गरेको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*