थाहा नगरपालिकामा कार्यरत एकजना पुरुषमा कोरोना पुष्टि

नवयुग संवाददाता
२०७७, १५ असार सोमबार १७:३७

Advertisement

मकवानपुर । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा कार्यरत एकजना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडाको कीटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रमा रहेको अस्थायी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको क्रममा ती पुरुषमा कोरोना संक्रमण देखिएको हो । भारत घर भइ हाल मकवानपुरमा काम गर्दै आएका २१ बर्षीय पुरुषमा संक्रमण देखिएको कर्राको आइसोलेसनका इञ्चार्ज तथा जनस्वास्थ्य निरीक्षक भोला चौलागाईँले जानकारी दिए ।

Advertisement

भारतको उत्तर प्रदेश घर भई मकवानपुर जिल्लाको थाहा नगरपालिकाको शितभण्डार निर्माण गर्ने दक्ष कामदारका रुपमा उनी कार्यरत थिए ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*