दिव्य सेवा निकेतनमा मनाइयो दही च्यूरा कार्यक्रम

नवयुग संवाददाता
१५ असार २०७७, सोमबार १७:४८

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं १५ स्थित दिव्य सेवा निकेतनमा आश्रित वृद्धवृद्धाहरुलाई दही च्यूरा खुवाइएको छ । सोमबार (आज) हेटौंडामा सक्रिय एक सञ्जालले दिव्य सेवा निकेतनमा आश्रित वृद्धवृद्धाहरुबीच दही च्यूरा खाने दिवस मनाएको हो ।

‘असहायका लागि सहयोगी हातहरु’ नामक सामाजिक सेवामा समर्पित सञ्जालले निकेतनमा आश्रित २५ भन्दा बढी वृद्धवृद्धालाई दही च्यूरा खुवाएको हो । निकेतनलाई एक बोरा चामल समेत सहयोग गरिएको सञ्जालकी अध्यक्ष रोशनी दंगालले जानकारी दिइन् ।

कार्यक्रममा दिव्य सेवा निकेतनका अध्यक्ष टि.आर निरौला, प्रमुख सल्लाहकार केदार न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*