मध्यमार्गी प्रस्ताव लिएर पोखरेल, पौडेल र नेम्वाङ प्रचण्ड निवासमा

नवयुग संवाददाता
१८ असार २०७७, बिहीबार ०९:३९

काठमाडौँ । पार्टीभित्र जारी गतिरोध अन्त्यका लागि मध्यमार्गी प्रस्ताव लिएर अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु अर्का अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटार पुगेका छन्।

नेकपाभित्र दाहार र माधव नेपाल पक्षले जारी स्थायी समिति बैठकबाट ओलीलाई दुवै पदबाट राजीनामा गराउने तयारी थालेपछि ओली पक्षीय नेताहरु प्रचण्ड निवास पुगेका हुन्। ओलीको सन्देश लिएर नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल प्रचण्ड निवास खुमलटार पुगेको स्रोतले जानकारी दियो।

उनीहरुले प्रचण्ड समक्ष सरकरा र पार्टी सञ्चलानमा भएका कमी कमजोरी सच्याएर अघि बढ्ने, आवश्यक परे मन्त्रिपरिषद् बैठक समेत हेरफेर गर्ने र प्रधानमन्त्रीमा ओलीलाई नै निरन्तरता दिने प्रस्ताव लगेका छन्।

बुधबार रोकिएको स्थायी समिति बैठक आज बिहान ११ बजेदेखि बालुवाटारमा बस्दैछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*