घरवालाको मनपरी, बसवालाको अटेरी कहिलेसम्म ?

सुदन विश्वकर्मा
२३ फाल्गुन २०७५, बिहीबार १८:००

परिवर्तनका संवाहक, वर्तमानका साझेदार अनि भविष्यका कर्णधार भनेकै विद्यार्थी हुन् । जसरी एउटा मुर्ति वा भाँडाको पहिलो रुप काँचो माटो हो । त्यसरी नै आजका विद्यार्थी देश निर्माण गर्ने भोलीका जनशक्ति हुन् ।

सृजनात्मक, प्रतिफल केन्द्रित परिवर्तन आवश्यकता महशुस गर्ने र त्यसलाई पूरा गर्न आँधीबेरी सृजना गर्ने कार्य विद्यार्थीबाट सफल भएको इतिहास जिवित नै छ । चाहे राष्ट्रियताको विषयमा होस्, चाहे जनजीविकाको विषयमा होस्, हरेक आन्दोलनमा विद्यार्थीकै अग्रसरता देखिन्छ । तसर्थ, यस्ता परिवतर्नका संवाहक विद्यार्थीले नै अनावश्यक समस्या भोग्नुपर्ने बाध्यता आफैंमा गम्भीर छ ।

अझै पनि उच्च शिक्षा हासिल गर्नका लागि विद्यार्थीहरु बाहिरी जिल्लाबाट आउनुपर्ने, ग्रामिण भेगका विद्यार्थीहरु गृहजिल्लाकै सदरमुकाममा कोठा लिएर बस्नुपर्ने बाध्यता छ । भाडा तिरेर कोठामा बसेका विद्यार्थीलाई घरधनीबाट महंगो भाडा असुली, अमानवीय व्यवहार प्रदर्शन एवम् अनावश्यक तनाव दिनेजस्ता कार्य भैरहेको गुनासो विद्यार्थी जमातबाट अत्याधिक सुनिन्छ ।

त्यतिमात्र होइन्, सबै विद्यार्थीको मूल समस्याको रुपमा रहेको छ , यातायातमा ४५ प्रतिशत सहुलियत । सरकारले यातायात क्षेत्रमा विद्यार्थीलाई ४५ प्रतिशत सहुलियत प्रदान गर्नु भनी दिएको निर्देशनको धज्जी उडाउँदै यातायात व्यवसायीले मनपरी गरीरहेका छन् ।

घरधनीका यस्ता व्यवहारले विद्यार्थीलाई मानसिक तनाव हुनु स्वभाविक हो, अध्ययनमा बाधा पुग्नु स्वभाविक हो । जसले गर्दा देशले खोजेको जनशक्ति उत्पादन हुँदैन । यस्ता समस्याहरुलाई गुपचुप राख्ने र तल्लो तहमा नै समाधान गरिने लाचार पद्धतिले समस्याको संस्थागत समाधान हुन नसकेको पाइन्छ ।

अध्ययन तथा अध्यापनलाई कुशलताका साथ राज्य संयन्त्र, स्थानीय तह एवम् सम्बन्धित निकायले ध्यान पुर्याउनुपर्दछ । घरबहाल सम्बन्धी बनेका ऐन तथा कानूनको कार्यान्वयन एवम् अनुगमन गर्ने निकाय सक्रीय हुनपर्छ । विद्यार्थीले पनि आफूमा परेको समस्या निर्धक्क भई भन्नुपर्दछ ।

साना हुन् वा ठूला, समस्या समस्या नै हुन् । कसैलाई ठूला समस्याले पिरोलेको हुन्छ भने कसैलाई साना समस्या नै ठुलो हुन जान्छ । तसर्थ, विद्यार्थीको समस्यालाई नजरअन्दाज गर्नु गलत हो । खबरदारी गर्ने काम शिक्षित युवा विद्यार्थीकै हो । सम्बन्धीत निकायलाई घच्घच्याउने हामी असल नागरिकको दायित्व हो । कि त क्याम्पस तथा अध्ययन संस्थानले त्यस्ता गरीब विद्यार्थीको पहिचान गरी छात्रवासको व्यवस्था गर्नुपर्छ । होइन भने नियमक निकायले आफ्नो कार्यशैली सुधार्नु पर्छ ।

त्यतिमात्र होइन्, सबै विद्यार्थीको मूल समस्याको रुपमा रहेको छ , यातायातमा ४५ प्रतिशत सहुलियत । सरकारले यातायात क्षेत्रमा विद्यार्थीलाई ४५ प्रतिशत सहुलियत प्रदान गर्नु भनी दिएको निर्देशनको धज्जी उडाउँदै यातायात व्यवसायीले मनपरी गरीरहेका छन् । मनलाग्दी भाडा असुलीले एकातिर बेरोजगारी युवा विद्यार्थीलाई खर्च जुटाउन समस्या परेको छ भने अर्को तर्फ सरकारको नीति तथा अनुगमन फितलो बनेको देखिन्छ । यसको जिम्मेवार को हुने ? यस्ता मनपरी गर्ने घरबेटी र अटेर गर्ने यातायात व्यवसायीलाई राज्यले कारवाही गर्ने कि नगर्ने ? गरेपनि कहिले गर्ने ?

यसको समाधान विषयमो व्यक्ति,संगठन, समुदाय, तथा सम्पूर्ण सरोकारवाला निकाय जिम्मेवार हुनुपर्दछ । सरोकारवाला निकाय जिम्मेवार नहुँदा विद्यार्थीले सास्ती खेप्नु परेको छ । यसलाई कुनै पनि विद्यार्थी संगठनले टुलुटुलु हेरेर बस्नु हुँदैन । किनकी विद्यार्थी कुनै पक्षको नभई राष्ट्र निर्माणका महत्वपूर्ण आधार हुन् ।
-लेखक विश्वकर्मा मकवानपुर बहुमुखी क्याम्पसका स्ववियु सदस्य हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*