घुस लिएको ८० हजार रकमसहित सव–इन्जिनियर पक्राउ

नवयुग संवाददाता
५ श्रावण २०७७, सोमबार ०९:१४

बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बाराबाट ८० हजार घुससहित दुई जनालाई पक्राउ गरेको छ।

जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कलैयाका सव–इन्जिनियर गजेन्द्र प्रसाद जैसवाल र उनका सहयोगीलाई आयोगको टोलीले घुससहित पक्राउ गरेको हो।

जैसवालले नदी तटबन्धको जाली लगाउने कार्य सम्पन्न पश्चात रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस रकम माग गरेका थिए।

सेवाग्राहीसँग ८० हजार घुस लिएको रकम सब इन्जिनियर जैसवालले आफ्ना एक सहयोगीलाई दिएर भाग्न खोज्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले उनीसहित उनका एक सहयोगीलाई समेत पक्राउ गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

दुवै जनालाई कलैया उप महा नगरपालिका वडा नम्बर ४ बाट पक्राउ गरिएको अधिकारीले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*