सशस्त्र प्रहरी जवानको हत्यामा संलग्न तीनजना पक्राउ

नवयुग संवाददाता
८ श्रावण २०७७, बिहीबार १४:२१

काठमाडौं । सिरहामा सशस्त्र प्रहरी जवानको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। माडर सिरहास्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्टमा कार्यरत मनोहरकुमार यादवको हत्यामा संलग्न सिरहा ३ मखनाहाका जयकेशकुमार यादव, सोही ठाउँबस्ने मंगला भन्ने दीपेशकुमार यादव र बुलना भन्ने मुकेशकुमार यादव पक्राउ परेका हुन्।

उनीहरुले सिरहा ३ का विन्दी यादवको छोरीको विवाहमा भएको सामान्य विवादका क्रममा मनोहरकुमारलाई ३ किलोमिटरसम्म लखेटी नहरमा डुबाएर हत्या गरेको खुलेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*