बार्सिलोनाका लिजेण्ड जाभी कोरोना संक्रमित

नवयुग संवाददाता
१० श्रावण २०७७, शनिबार १६:२५

काठमाडौँ । बार्सिलोनाका लिजेण्ड जाभी हर्नान्डेज कोरोना संक्रमित भएका छन् । ४० बर्षिय जाभीले आफुलाई कोरोना संक्रमण भएको जानकारी दिदै आफुलाई सेल्फ आइसोलेट गरेको जानकारी दिएका छन् ।

हाल कतारको क्लब क्लब अल साडको म्यानेजर रहेका जाभीलाई पोजेटिभ देखिएपनि कुनै लक्षण भने नभएको बताएका छन् । जाभीले भनेका छन् -‘केहि दिन अघि मेरो कोरोना रिपोर्ट पोजेटिभ आएको छ । भाग्यवश म ठिक छु । तर स्वास्थ्य प्रोटोकलका कारण म यसबाट ठिक नभएसम्म आइसोलेसनमै रहने छु ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*