मास्क नलगाउनेविरुद्ध कडा कदम चाल्दै गृह मन्त्रालय

नवयुग संवाददाता
११ श्रावण २०७७, आईतवार १५:११

काठमाडौं । अहिले कोरोनाभाइरस संक्रमणको दर बढिरहेको छ । तर, यही वेला मास्कको प्रयोग घटिरहको देखिन्छ । यसलाई मध्यनजर गर्दै गृह मन्त्रालयले आफू मातहतका निकायलाई मास्क नलगाउनेविरुद्ध कडा रुपमा प्रस्तुत हुन निर्देशन दिएको छ ।

आज ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गर्दै गृहले मास्क प्रयोग नगर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन भनेको हो । मास्क नलगाउनेलाई पक्राउ गर्न भनी यसअघि जारी गरिएको निर्देशन कडाइका साथ लागू गर्न परिपत्रमा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*