सुनको मूल्य प्रतितोला नै ९८ हजार ५ सय रुपैयाँ

नवयुग संवाददाता
१४ श्रावण २०७७, बुधबार १२:०३

काठमाडौं । सुनको मूल्य एक लाख प्रतितोला पुग्नलागेको छ। सुनचाँदी व्यवसायी महासंघका बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ।

मंगलबार ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला ३ सय रुपैयाँ बढेको हो। चाँदीको मूल्य बुधबार घटेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएकोमा बुधबार १ हजार २ सय २५ रुपैयाँ कायम भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*