जागीर खुल्यो ! राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा १७६ कर्मचारीको माग (सूचनासहित)

नवयुग संवाददाता
१४ श्रावण २०७७, बुधबार १४:४१

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा जागिर खुलेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सूचना सार्वजनिक गरी १ सय ७६ जनाको लागि जागिर खुलेको जानकारी गराएको हो ।

विभागले राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत घुम्ती सेवा सञ्चालनका लागि अपरेटर करारमा भर्ना गर्ने गरी कर्मचारी माग गरेको हो । जागीर खान इच्छुक र तोकिएको योग्यता पुगेकाहरुले आजको मितिले १५ दिनभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दरखास्त दिन सुचित गरिएको छ ।

थप जानकारीको लागि विज्ञापन हेर्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*